साउन १२ अर्थात् पुँजी बजारले शिखर चुमेको दिन



काठमाडौं । आज २०७४ साल साउन १२ गते । ठ्याक्कै एक बर्षअघि, अर्थात् २०७३ साल साउन १२ गते नेप्सेले अहिलेसम्मकै एतिहासिक बिन्दु चुमेको चुमेको थियो । सो दिन बजार १४.९५ अंकले बढेर १८८१.४५ अंकमा पुगेको थियो ।

त्यसको ठ्याक्कै एक बर्षपछि भने नेप्से केही स्थिर देखिएको छ । खासै उतारचढाव छैन । आज बिहिबार नेप्से १.५ अंकले बढेर १६४६.५३ अंकमा बन्द भएको छ ।

उपसूचकहरुमा बैंकिङ ६.१३, होटल ६.६६, बिकास बैंक २२.८९, उत्पादन ५४.१७ र अन्य ०.५८ अंकले बढेका छन् । तर, जलबिद्युत २१.१४, बित्त ०.७३ र बीमा १६०.५३ अंकले घटेका छन् ।

बिहिबारको कारोबार समय बन्द हुँदा बैंकिङ १४३२.७८, होटल २३१५.६७, बिकास बैंक २०२९.४०, जलबिद्युत १९३१.५४, बित्त ७५४.८१, बीमा ९६७५.९३, उत्पादन २६५१.०९ र अन्य ६९२.६८ अंकमा अडेका छन् ।

गत बर्ष नेप्सेले एतिहासिक बिन्दु चुमेका दिन बैंकिङ १७७९.९५, बिकास बैंक १९५८.२३, बित्त ९०४.८०, बीमा ९१४४.५०, जलबिद्युत २७१०.७१, होटल २३४८.७३ उत्पादन २७५४.४२ र अन्य ८३७.५६ थियो ।

आज बिहिबार १४९ कम्पनीका १८ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको ५ करोड ८५ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा प्राइम लाइफको ५ करोड १४ लाख र तेस्रोमा सगरमाथा इन्स्योरेन्सको ४ करोड ४८ लाख रुपैंयाँको करोबार भएको छ ।

बिहिबार ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । काबेली बिकास बैंक, हिमालयन डिस्टिलरी, लुम्बिनी बिकास बैंक र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।

बिहिबार अरुण फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि ६.५६ प्रतिशतले गुमाएका छन् । यसैगरी राष्ट्रिय बीमा कम्पनी र रिलायन्स फाइनान्सका लागनीकर्ताले पनि क्रमशः ५.६ र ५.२ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल