९ अंकले बढ्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ८.८४ अंकले बढेको छ । आज नेप्से १६४५.०३ अंकमा अडेको छ ।

बुधबार नेप्सेमा १ सय ५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । १ अर्ब २९ करोड ३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

होटल समूह २५.४३, विकास बैंक समूह १४.४१, वित्तिय समूह ४.०३, बीमा समूह ३०९.८९, उत्पादन मूलक समूह ३५.४२ र अन्य समूह ०.८७ अंकले बढेका छन् ।

बैंकिङ समूह ५.४२ र जल विद्युत समूह १.९९ अंकले घटेका छन् ।

प्रभु इन्स्योरेन्सको ९ करोड ५६ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
हिमालयन डिस्टिलेरी र रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

नेगदी ग्रुप पावरका लगानीकर्ताले ४.८९ अंकले गुमाएका छन् ।


पुष्प दुलाल