नेप्सेमा ७ अंकको वृद्धि, करिब १ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ७.११ अंकले बढेको छ । आज नेप्से १६३६.१९ अंकमा अडेको छ ।

मंगलबार नेप्सेमा १ सय ५६ कम्पनीका १३ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । हिजो १ अर्ब रुपैयाँ माथिको कारोबार भएको नेप्सेमा आज ९४ करोड ८५ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ०.४ अंक र अन्य समूह ३.१८ अंकले घटेका छन् भने बाँकी समूह बढेका छन् ।

ट्रेडिङ समूह १.३५, होटल समूह ८.३९, विकास बैंक समूह ६.४८, वित्तिय समूह ६.९६, जल विद्यृत समूह १८.०३, बीमा समूह १५७.३२ र उत्पादन मूलक समूह ७९.८५ अंकले बढेका छन् ।

आज राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयरको १० करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयर र राष्ट्रिय बीमा कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

सिर्नजी पावर डेभलपमेन्टका लगानीकर्ताले ४ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल