एनआईसी एसिया बैंकद्वारा बालबालिकालाई शैक्षिक तथा खाद्य समाग्री वितरण



काठमाडौं । एनआईसी एशिया बैंकले अनाथ बाल बालिकालाई शैक्षिक सामाग्री एवं खाद्य सामाग्री वितरण गरेको छ । बैंकको २० औं बार्षिक उत्सवमा सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर जिल्लाको भैसेपाटी स्थित ‘अनाथ बाल बाटिका’का बालबालिकाहरुको लागि शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको हो ।

साथै, सोहि अवसर पारेर बैंकले थापाथली स्थित रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा करीब १ सय ५० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकले हालै आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानमा वृक्षारोपण मार्फत करिब ८ हजार विरुवा रोपेको छ । वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।


पुष्प दुलाल