साढे ६ अंकले घट्यो नेप्से, १ अर्बमाथिको कारोबार




काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से ७.१५ अंकले घटेर १६२८.४१ अंकमा आइपुगेको छ । कारोबार रकम भने १ अर्ब ४ करोड रुपैंयाँको भएको छ ।

सोमबार १ सय ५३ कम्पनीको १७ लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ ।

सोमबार उप–सूचकहरुमा बित्त ३.६८, बीमा ९२.२१ र उत्पादनमुलक ३९.७८ अंकले बढेका छन् भने बैंकिङ १५.७, होटल २६.७१, बिकास बैंक ८.६१, जलबिद्युत ३.४८ र अन्य ०.५८ अंकले घटेका छन् ।

सोमबार सबैभन्दा बढि सानिमा माइ हाइड्रोको ८ करोड ५३ लाख, नेपाल लाइफको ५ करोड ९४ लाख र नेशनल हाइड्रोको ५ करोड रुपैंयाँको कारोबार भएको छ ।

सबैभन्दा बढि कमाउनेमा पनि नेशनल हाइड्रोका लगानीकर्ता रहेका छन् । उनीहरुले १० प्रतिशतले कमाएका छन् । यसैगरी अरुण फाइनान्स, हिमालयन डिस्टिलरी, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी प्रामोटर सेयरका लगानीकर्ताले पनि १० प्रतिशतले कमाएका छन् ।

सबैभन्दा बढि गुमाउनेमा भने गुर्खाज फाइनान्सका लगानीकर्ता रहेका छन् । उनीहरुले ६.२५ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल