प्रभु बैंकले गुर्जुधारा शाखा खोल्यो




काठमाडौं । प्रभु बैंकले काठमाडौंको गुर्जुधारामा शाखा कार्यालय स्थापना गरेको छ । बैंकको शाखा कार्यालयको उद्घाटन सभासद राजेन्द्र कुमार केसीले गरका छन् ।

बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा गुर्जुधारामा शाखा कार्यालय स्थापना गरेको जनाएको छ । सो शाखा मार्फत काठमाण्डौ क्षेत्र नम्बर १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जासंगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

 


पुष्प दुलाल