२६ बर्षे एउटा युवाकै मूल्य २६ अर्ब २६ करोड, यसरी हुन्छ किनबेच




सन् १८९३ मा स्कटल्याण्डका स्ट्राइकर विली ग्रोभ्सलाई भित्र्याउन एस्टन भिल्लाले वेस्ट ब्रुमलाई १ सय पाउण्ड खर्च गरेको थियो । यो नै इतिहासको सबैभन्दा पहिलो खेलाडी किनबेचको आधिकारिक तथ्य हो ।

त्यसको १२ बर्ष पछि मिडल्स्ब्रोले सन्दरल्याण्डलाई स्ट्राइकर अल्फ कोमोनका लागि १ हजार पाउण्ड खर्च गरेको थियो । सायद त्यो समयमा फुटबल मनोरञ्जन वा कुनै सामाजिक–साँस्कृतिक गतिबिधिमा मात्र सिमित थियो कि ।

अन्य उद्योगमा कामदारको क्षमता र योग्यताका आधारमा मुल्य (तलब आदि) तोकिए झैं फुटबलमा पनि खेलाडीको दर्शकहरुलाई रङ्गशालासम्म ल्याउने क्षमता, टिभी ‘डिल’, जिताउन सक्ने उपाधि, उनीहरुलाई थप बिकास गरेर फेरि महङ्गोमा बेच्नसक्ने संभावना आदिका आधारमा खेलाडीको मुल्य तय गरिन्छ ।

अहिले ब्राजिल तथा बार्सिलोनाका स्टार स्ट्राइकर नेयमारका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) १ सय ९६ मिलियन पाउण्ड तिर्न तयार भएको समाचारहरु बाहिर आइरहेका छन् । यो भनेको करिब २६ अर्ब २६ करोड रुपैंयाँ हो ।

यो फुलबल ट्रान्सफरकै अहिलेसम्मको किर्तिमानी रकम भन्दा दोब्बरले बढि हो । गत बर्ष इङ्गल्याण्डको म्यान्चेस्टर युनाइटेडले पउल पोग्बालाई भित्र्याउन खर्च गरेको ९० मिलियन पाउण्ड अहिलेसम्मकै किर्तिमानी रकम थियो ।

युरोपमा फुटबल लिगको नयाँ सिजन शुरु हुनै लाग्दा खेलाडी किनबेच पनि शुरु भैसकेको छ । ‘ट्रान्स्फर विन्डो’ (खेलाडी किनबेचको लागि खुल्ला समय) हरेक फुटबल सिजनको निकै आकर्षक पक्ष हो, जसले फुटबल क्लबहरुको भविष्य बनाउनेदेखि भत्काउनेसम्मको क्षमता राख्छ ।

चिम्नीमा धुवाँ फुसफुसाउँदा मात्र उद्योगको मान्यता पाउने देशमा बसिरहेका हाम्रा लागि बैंश्य युगको चरमोत्कर्समा पुगेको युरोपमा फुटबल निकै ठूलो उद्योग बनिसकेको र त्यसको आधारशीला पैसा बनिसकेको तथ्य सुन्दा अचम्मै लाग्ला ।

खेलाडी किनबेचमा खर्च हुने ठूलो धनराशी पनि फुटबलको निकै रोचक पक्ष हो । साथै, बैश्य युगमा कुनै पनि क्षेत्र वा संस्थाको अस्तित्व उसको आर्थिक सान्दर्भिकताले मात्र बचाउन सक्छ भन्ने तथ्यको पुष्टि पनि हो । बैंश्य युगमा हरेक क्षेत्र उद्योग हो । र, हरेक उद्योगले पैसा कमाउनुको कुनै बिकल्प छैन । अनि, जनसंख्या र प्रबिधिको बिकाससँगै हरेक सेवा वा वस्तुको उपभोक्ता छन् ।

यत्रो ठूलो धनराशीमा हुने खेलाडी किनबेच र उनीहरुले कमाउने हप्ताकै लाखौं पाउण्डले फुटबल खेलाडी, क्लबलगायत अन्य सरोकारवालाहरुको अलोचना नहुने गरेको पनि होइन ।

तर, अर्को तथ्य के पनि हो भने नयाँ र युवा खेलाडीहरु (स्टार नभैसकेका खेलाडीहरु) भने ‘खसी–बोका’ झैं किनबेच हुन्छन् । उनीहरुको किनबेच समाचार पनि बन्दैनन् । एउटै क्लबमा कुनै स्टार खेलाडी हप्ताको ३ लाख ६५ हजार पाउण्ड तलब खाइरहेको हुन्छ भने त्यही क्लबमा अर्को युवा खेलाडी हप्ताको १० हजार पाउण्डमा पसिना बगाइरहेको हुन्छ ।

यो अन्य उद्योग वा कम्पनीको भन्दा खासै फरक परिदृश्य होइन, जहाँ कार्यकारीहरु र मालिकहरु करोडौं बुझ्छन् । र, कामदारहरु पसिना पुछ्न पुग्ने जतिमात्र पाउँछन् । बैंश्य युगको अर्को तथ्य हो यो ।

चिम्नीमा धुवाँ फुसफुसाउँदा मात्र उद्योगको मान्यता पाउने देशमा बसिरहेका हाम्रा लागि बैंश्य युगको चरमोत्कर्समा पुगेको युरोपमा फुटबल निकै ठूलो उद्योग बनिसकेको र त्यसको आधारशीला पैसा बनिसकेको तथ्य सुन्दा अचम्मै लाग्ला ।

खेलाडी किनबेचमा खर्च हुने ठूलो धनराशी त्यसैको एउटा बाहिरी अभिब्यक्ति मात्रै हो । यो उद्योगमा कारोबारीहरु, एजेन्टहरु, अनुसन्धानकर्मीहरु, बिश्लेषकहरु र लगानीकर्ताहरु निकै हुन्छन्, जो हरबखत आफ्नो लगानीको प्रतिफल बढाउन तल्लिन हुन्छन् ।

अन्य उद्योगमा झैं क्लबका कर्मचारीहरुको पनि करिअर हुन्छ । उदाहरणको लागि क्लबका जलरल म्यानेजरहरु कन्सलटेन्ट वा अन्य कर्मचारीको रुपमा क्लब प्रवेश गरेका हुन्छन् । यो कोणबाट हेर्ने हो भने फुटबल भन्ने खेल नै यसलाई चलाउने वित्तीय बजारद्धारा निर्देशत भए झैं लाग्छ ।

उदाहरणको लागि म्यानचेस्टर सिटीलाई लिन सकिन्छ । सन् २००८ को प्रिमियर लिगमा यो क्लब १० औं स्थानमा थियो । तर, शेख मन्सुरले किने पछि सन् २०१० को प्रिमियर लिगमै म्यान सिटीले तेस्रो स्थान हासिल ग¥यो । त्यस यता त झन् म्यान सिटीले अत्यन्तै प्रतिस्पर्धात्मक लिग भनेर चिनिने प्रिमियर लिग दुई पटक जितिसकेको छ ।

कस्तो छ फुटबलमा पैसाको कारोबार ?
संसारकै धनी खेल फुटबलमा धनाढ्य लगानीकर्ताहरु र ठूला कम्पनीहरु प्रतिस्पर्धाका लागि उत्रिन्छन् । बिश्वको उत्कृष्ट २० फुटबल क्लबले मात्र बार्षिक ६ अर्ब ६० करोड युरोको कारोबार गर्छन् । प्रिमियर लिगले मात्र सन् २०१६ मा खेलाडी किन्न १ अर्ब युरोभन्दा बढि खर्च गरेको थियो । यो बिश्वको कुनैपनि फुटबल लिगले १ अर्ब युरो भन्दा बढि खर्च गरेको पहिलो अवसर थियो ।

फुटबलमा सामान्यतः खर्च गरिएको पैसा र क्लबले प्राप्त गर्ने सफलताकाबीच सकारात्मक सम्बन्ध देखिन्छ । त्यसैले फुटबलका प्रशंसक र बिश्लेषकहरु पनि खेलाडी किनबेचको प्रक्रिया र खर्च भएको पैसालाई लिएर निकै उत्साहित हुने गरेका छन् ।

खेलाडी किनबेचका बारेमा
अन्य उद्योगमा कामदारको क्षमता र योग्यताका आधारमा मुल्य (तलब आदि) तोकिए झैं फुटबलमा पनि खेलाडीको दर्शकहरुलाई रङ्गशालासम्म ल्याउने क्षमता, टिभी ‘डिल’, जिताउन सक्ने उपाधि, उनीहरुलाई थप बिकास गरेर फेरि महङ्गोमा बेच्नसक्ने संभावना आदिका आधारमा खेलाडीको मुल्य तय गरिन्छ ।

एउटा महान फुटबल टोलीको निर्माण गर्न महान् खेलाडीहरु जम्मा पार्नुु अहिलेको आवश्यकता नै भैसकेको छ । र, खेलाडीहरुको प्रर्दशनले नै उनीहरु माथि गरिएको खर्चको उपादेयता पुष्टि गर्छ ।

खेलाडी किनबेच भन्नाले सामान्यतः एउटा क्लबबाट पैसा वा अर्को खेलाडीसँग साटासाट भएर अर्को क्लबमा जानु हो । तर, प्रक्रिया भने त्यति सजिलो छैन । निकै जटिल प्रकृतिका छलफल र समझदारीहरु गरिन्छन्, क्लब र खेलाडीहरुकाबीचमा । अन्तिम समझदारी हुन महिनौं लाग्न सक्छ । दुई औद्योगिक प्रतिस्पर्धीहरुको ब्यवसायिक टकराव झैं फुटबलमा पनि दुई क्लबबीच प्रतिष्ठाको लडाईं हुन्छ, बिकल्पहरुका बारे छलफल हुन्छन्, दलालहरु खटाइन्छन् र, खेलाडीहरुको मनोबिज्ञान बारेमा चर्चा गरिन्छ ।

युरोपमा खेलाडी किनबेचका आकर्षक डिलहरु हरेक बर्ष जनवरी १ देखि फेब्रेवरी २ सम्म हुन्छन् । किनभने यो समयमा युरोपका सबै ठूला लिगहरु चलिरहेका हुन्छन्, करिब मध्य अवस्थामा ।

धेरै मानिहरु ठूला ट्रान्सफरहरुमा आँखा अड्याएर बसेका हुन्छन्, कुनै ठूलो कम्पनीको प्रमुख कार्यकारीको पदपूर्तिमा चासो राखे जस्तै ।

समझदारी भैसकेपछि भने खेलाडीहरुका सामु क्लब छाड्नुको खासै बिकल्प बाँकी रहदैंन । खेलाडीहरुसँग क्लबहरुबीच भएको समझदारी नमान्ने छुट पनि हुन्छ । तर, कसैले तिम्रो हामीलाई आवश्यकता छैन भनिसकेपछि टाँसिएर बसेर राम्रो प्रर्दशन दिन सक्ने कुरा पनि त हुँदैंन ।

खेलाडीहरु क्लबसँग अनुबन्ध सकिएमा वा आफ्नो क्लबले मुक्त गरेमा सित्तैंमा एउटा क्लबबाट अर्कोमा नजाने पनि होइनन् । तर, यस्तो ट्रान्सफरले उनीहरुको आत्मसम्मानमा ठेस पुग्न सक्छ । र, अन्य लगानी जस्तै एउटाबाट अर्को क्लबमा जाँदैमा आर्थिक रुपमा वा ब्यक्तिगत रुपमा फाइदाजनक नै हुन्छ भन्ने पनि होइन ।

कसरी खोज्छन् क्लबहरुले खेलाडीहरु ?
अन्तिम समझदारी हुनुभन्दा कम्तिमा केही महिना अगाडीदेखि नै खेलाडीहरु क्लबको निगरानीमा परिसकेका हुन्छन् । ठूला क्लबहरुको एजेन्टहरु र ‘स्काउट’हरुको आफ्नै सञ्जाल हुन्छ । उनीहरु आफूले किन्ने संभावित खेलाडीहरुको शुक्ष्म निगरानी गर्छन् । र, आफ्नो ‘डाटाबेस’लाई अद्यावधिक गर्ने गर्छन् ।

त्यसपछि बिश्लेषकहरले खेलाडीहरुलाई खेल्ने ‘पोजिसन’का आधारमा बिभाजन गर्छन् । र, खेलाडी उपलब्ध भएपछि आफ्नोमा ल्याउन अधिकतम प्रयास गर्छन् ।

कस्ता क्लबहरुले धेरै खर्च गर्छन् ?
ठूला क्लबहरु रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड आदि धेरै खर्च गर्नेमा पर्छन् । हाल बिश्वको सबैभन्दा महङ्गा खेलाडी पल पोग्बालाई म्यानचेस्टर युनाइटेडले ९० मिलियन पाउण्डको हाराहारीमा गत बर्ष किनेको थियो । यसैगरी यो बर्ष पनि युनाइटेडले रोमेलु लकाकुलाई ७५ मिलियन पाउण्डमा किनेको छ ।

रियल म्याड्रिडले पनि रोनाल्डो, ग्याराथ बेल जस्ता खेलाडीहरुलाई बिश्व किर्तिमानी रकममा किनेको थियो ।

ठूला क्लबहरुले बिज्ञापन, टिकट बिक्री (उनीहरुको टिकट दर पनि साना क्लबका तुलनामा महङ्गो हुन्छ), टिभी राइट, ब्राण्डिङलगायतका माध्यमबाट पैसा कमाउँछन् । उनीहरुको प्रायोजन रकम पनि ठूलो हुन्छ । तर, साना क्लबहरुको आम्दानी तुलनात्मक रुपले सिमित हुने हुनाले उनीहरु खेलाडी उत्पादन गर्ने र ठूला क्लबहरुलाई बेच्ने गर्दछन् । एजेन्सीहरूकाे सहयाेगमा ।


क्लिकमान्डु