नेप्से स्थिर, १ अर्ब माथिको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक आज स्थिर देखिएको छ । आइतबार नेप्से ०.१९ अंकले घटेको छ ।

आज नेप्सेमा १ सय ५१ कम्पनीका १५ लाख ४१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । १ अर्ब ४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

होटल समूह ४.३४, विकास बैंक समूह १.५६, बीमा समूह २७५.४४ र उत्पादन मुलक समूह १६.९१ अंकले बढेका छन् ।

बैंकिङ समूह १४.३६, जल विद्युत समूह २.११, वित्तिय समूह ४.९८ र अन्य समूह ०.८७ अंकले घटेका छन् ।

नेपाल लाईफ इन्स्यारेन्सको ६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, नियो इन्स्योरेन्सको ४ करोड ९३ लाख रुपैयाँको भएको छ ।

आज हाम्रो विकास बैंक, कुवेर मर्चेन्ट फाइनान्स र हिमालयन जेनरल इन्स्योरेन्सका लगानीकर्ताले ९.८९, ९.७० र ९.२ प्रतिशतले कमाएका छन् ।

रिलायन्स फाइन्स र रिडी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ४.७६ र ४.२८ प्रतिशतले गमाएका छन् ।


पुष्प दुलाल