पूर्णिमा विकास बैंकले कमायो १० करोड




काठमाडौं । पूर्णिमा विकास बैंकले १० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चौथो त्रैमासिक (अपरिष्कृत) वित्तिय विवरण अनुसार बैंकले १० करोड रुपैयाँ कमाएको हो ।

चुक्ता पुँजी ३५ करोड २३ लाख रुपैयाँ रहेको बैंकले २ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह २ अर्ब ३ करोड रुपैयाँभन्दा बढी गरेको वित्तिय विवरणमा उल्लेख छ ।

अघिल्लो त्रैमासको तुलनामा बैंकको खराब कर्तामा उल्लेखिनिय सुधार आई ०.०१ प्रतिशतमा झरेको छ । यो अत्यन्त राम्रो सुचक हो ।


पुष्प दुलाल