नेपाल एसबिआई बैंकको सेयर लिलामी साउन ९ गतेदेखि




काठमाडौं । नेपाल एसबिआई बैंकले ४ लाख ६९ हजार हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले साउन ९ गतेदेखि १६ गतेसम्म सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ छ । बैंकको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल छ । लिलामीका लागि एनएमबि क्यापिटल, नागपोखरी र नेपाल एसबिआई मर्चेण्ट बैंकबाट बोलपत्र फाराम तथा आवेदन दिन सकिने छ ।


पुष्प दुलाल