बस्तु आयात ९ खर्ब हुँदा, रेमिट्यान्स आय ६ खर्ब ३३ अर्ब




काठमाडौं । एक आर्थिक वर्षको आयातलाई रेमिट्यान्सले धान्न सकेको छैन । आयात झन्डै ९ खर्ब रुपैयाँ हुदाँ रेमिट्यान्स ६ खर्ब ३३ अर्ब मात्रै रहेको छ ।

राष्ट्रले बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार कुल वस्तु आयात ३०.९ प्रतिशतले बढेर ८ खर्ब ९६ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.९ प्रतिशतले घटेको थियो ।

यता रेमिट्यान्स भने ५.८ प्रतिशतले वृद्धि भई ६ खर्ब ३३ अर्ब ४२ करोड पुगेको छ । उक्त रकम आयात बाट बारिएको रकम झन्डै साँढे २ खर्ब रुपैयाँ कम हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ११.६ प्रतिशतले वृद्धि भई रु. ७७५ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.१ प्रतिशतले बढेको थियो ।

भारतबाट भएको आयात ३९ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।


क्लिकमान्डु