राष्ट्र बैंकले आज १० अर्ब निक्षेप संकलन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) १० अर्बको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले ९० दिनको लागि निक्षेप संकलनको लागि सूचना प्रकाशन गरेको छ ।

बोलकबोलमा लिइने निक्षेप आज दिउसो ३ बजेसम्म अनलाइन विडिङ गर्न पाउने छन् । आजै ३ बजे निश्कासन गर्ने बैंकले जानकारी गराएको छ । बैंकले सावाँ र व्याज भुक्तानी मिति भने असोज ३० गतेको लागि तोकेको छ ।

बोलकबोलमा भाग लिनको लागि घटीमा ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकेको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ , ‘ख’ र ‘ग’ बर्गका बैंक तथा बित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

बोल स्वीकृत भएका बोलवालाको खातामा उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम प्रर्याप्त नभएमा सहभागी नहुन आग्रह समेत गरेको छ ।

त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाउनेसमेत सूचनामा उल्लेख गरेको छ ।


पुष्प दुलाल