नेप्सेमा ६८ करोडको कारोबार, सुर्या लाइफ इन्स्योरेन्सको मात्रै २४ करोडको किनबेच



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ०.९ अंकले बढेको छ । साताको पहिलो दिन नेप्से ०.९ अंकले बढेर १५८३.५७ अंकमा अडेको छ ।

आइतबार १ सय ४९ कम्पनीका १२ लाख ९४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ६८ कारेड १२ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह २.१४, वित्तिय समूह १०.९३ र बीमा समूह १.४८ अंकले बढेका छन् ।

होटल समूह ५.८२, विकास बैंक ०.४४, जल विद्युत ८.९१, उत्पादन मुलक समूह ०.२१ र अन्य समूह ५.५ अंकले घटेका छन् ।

सुर्या लाईफ इन्स्योरेन्स प्रमोटर सेयर २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कुवेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.४९ प्रतिशतले कमाएका छन् ।

रिडि हाइड्रोपावर डेभलपमेन्ट र दिव्यश्वरी हाइड्रोपावरका लागनीकर्ताले क्रमस ७.३७ र ७.०७ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल