महानगरको बजेटः काठमाडौंको साढे ८ अर्ब, ललितपुरको सवा ३ अर्ब



काठमाडौं । राजधानीका दुई महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट तयार पारेका छन् । दुबै महानगरका प्रमुखले नगरसभामा बजेट प्रस्तुत गर्दैछन् ।

काठमाडौं महानगरको नगरसभा आज भइरहेको छ । आजै नगरसभामा बजेट प्रस्तुत गर्ने तयारी भएपनि अहिलेसम्म मेयर विद्यासुन्दर शाक्यले बजेट प्रस्तुत गरेका छैनन् ।

शुक्रबार ढिलो भए शनिबार बजेट प्रस्तुत गर्ने तयारी भइरहेको एक वडाध्यक्षले क्लिकमाण्डूलाई जानकारी दिए ।

ती वडाध्यक्षका अनुसार काठमाडौं महानगरको बजेटको आकार ८ अर्ब ६३ करोड रुपैयाँको छ ।

त्यसैगरी, ललितपुर महागरले पनि सवा ३ अर्ब रुपैयाँ बराबरको बजेट तयार पारेको छ । मेयर चिरिबाबु महर्जनले शनिबार बिहान नगरसभामा बजेट प्रस्तुत गर्दैछन् ।

बजेटमा १ अर्ब १६ करोड रुपैयाँ करबाट उठाउने, १ अर्ब बढी केन्द्र सरकारकाले दिएको अनुदान र बाँकी बजेट दातृ निकायहरुबाट लिइने छ ।

पोखराको लेखनाथ महानगरपालिकाको आर्थिक बर्ष २०७४/७५ का लागि ४ अर्ब ३ करोड ८२ लाख ५३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरका मेयर मानबहादुर जीसीले असार २९ गते विहीबार नगर परिषदमा सो बजेट प्रस्तुत गरेका हुन् ।


पुष्प दुलाल