नेप्से २ अंकले बढ्यो, ६४ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक २.५५ अंकले बढेको छ । २.५५ अंकले बढेको नेप्से १५८७.५६ अंकमा अडेको छ ।

बुधबार १ सय ५२ कम्पनीका १९ लाख १४ हजार ६ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । ६४ करोड २ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ३.५९, विकास बैंक समूह ७.२९ र बीमा समूह २७.७१ अंकले बढेको छ ।
होटल समूह ९.७, जल विद्युत समूह ६.७२, वित्तिय समूह १३.११ र अन्य समूह ०.५८ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै कमाउनेमा फर्वाड फाइक्रोफाइनान्स वित्तिय संस्था, अरुण फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, कुवेर मर्चेन्ट फाइनन्सका लगानीकर्ताले ९.९९, ९.७९, ९.७२, ९.७२ र ९.६५ प्रतिशतले कमाएका छन् ।

सिनर्जी फाइनान्सका लगानीकर्ताले ४.९३ प्रतिशतले गुमाएका छन् । यस्तै, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाएका छन् ।

 


पुष्प दुलाल