एनआइसी एसिया बैंकले बचतमै ९ प्रतिशत ब्याज दिने



काठमाडौं । एनआइसी एसिया बैंकले बचतकर्ताहरुलाई आकर्षक ब्याजदर प्रदान गरेको छ ।

बैंकले यसअघि ८ प्रतिशत दिँदै आएको बचत खातामा मंगलबारदेखि बढाएर ९ प्रतिशत दिन थालेको हो । बैंकले समून्नति बचत खाता नामक खाता सञ्चालन गरी ९ प्रतिशत व्याजदर दिने जनाएको छ ।

पछिल्ला दिनहरुमा बैंकले मुद्दति खाताको ब्याजदर घटाउँदै र बचत खाताको ब्याजदर बढाउँदै लगेको छ ।


पुष्प दुलाल