गण्डकी विकास बैंकमा ५० भन्दा धेरैलाई रोजगारीको अवसर



काठमाडौं । गण्डकी विकास बैंकले रोजगारीका लागि आवेदन खुलाएको छ । बैंकले एचआर हेडदेखि ट्रेनि असिस्टेन्टसम्मका लागि ५० भन्दा धेरै आवेदन माग गरेको हो ।

बैंकले एक जना एचआजर हेड माग गरेको छ । सम्बन्धीत क्षेत्रमा ३ वर्षको अनुभवका साथै हुमन रिर्सज म्यानेटमेन्टमा स्थातकोत्तर उत्र्तीणले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले २ जना चार्टर्ड एकाउन्टेन्ट पनि माग गरेको छ । चार्टर्ड एकाउन्टेन्टका लागि बैंकले सिए÷एसिए उर्तीणका साथै व्यवस्थापन विषयमा स्नातक उत्र्तीणले आवेदन दिन सक्ने जनाएको छ ।

बैंकले ३ जना सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । चार्टर्ड एकाउन्टेन्टका लागि बैंकले सिए÷एसिए उर्तीणका साथै व्यवस्थापन विषयमा स्नातक उत्र्तीणले आवेदन दिन सक्ने जनाएको छ ।

बैंकले केहि संख्यामा जुनियर असिस्टेन्ट र असिस्टेन्ट माग गरेको छ । आवेदनका लागि स्नातक उत्र्तीण र वित्तिय क्षेत्रमा एक बर्षको अनुभव भएकाललाई प्राथमिकता दिने बैंकले जनाएको छ ।

साथै, बैंकले ट्रेनि असिस्टेन्ट पदमा ५० भन्दा धेरै आवेदन माग गरेको छ । ट्रेनि असिस्टेन्ट पदका लागि स्नातक उत्र्तीणले आवेदन दिन सक्नेछन् ।

३५ वर्षभन्दा कम उमेरका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

आवेदकले आफ्ना सम्पूर्ण विवरण सहित बैंकको पोस्ट बक्स नम्बर २४१, पोखरा कास्कीमा साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल