सहयोगी विकास बैंकको सेयरको लिलाम भोलिबाट



काठमाडौं । सहयोगी विकास बैंकले हकप्रदबाट बिक्री नभएको सेयरको लिलामी भोलिबाट गर्ने भएको छ । बैंकले १६ हजार ३ सय ८६ कित्ता हकप्रद सेयर लिलाममा बिक्री गर्न लागेको हो ।

बैंकले भोलि (असार २९) गतेदेखि साउन ५ गतेसम्म लिलाममा सेयर खरिद गर्न सकिने जनाएको छ । लिलामा राखिएको सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ राखिएको छ । अहिले बैंकको सेयर ३ सय ५४ रुपैयाँ प्रति कित्ता बिक्री भइरहेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

लिलामा सेयर किन्न इच्छुकले सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्नु पर्नेछ ।

 


पुष्प दुलाल