एस डेभलपमेन्ट बैंकमा बुधबार कारोबार नहुने




काठमाडौं ।एस डेभलपमेन्ट बैंकमा बुधबार कारोबार नहुने भएको छ ।  इन्भेष्टमेन्ट बैंकसँग असार २९ (बिहिबार) देखि एकीकृत कारोबार हुने भएकाले बैंकले एक दिनका लागि कारोबार बन्द गर्न लागेको हो ।

बैंकले डाटा माइग्रेसन प्रक्रियाका लागि कारोबार बन्द गर्न लागेको जनाएको छ ।


पुष्प दुलाल