साग्रिला डेभलपमेन्ट बैंकको एकीकृत कारोबार ३० गतेदेखि




काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकले एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ ।

साग्रिला र कसमसको साधारण सभाले गत जेठ १९ गते प्राप्ती प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारसँग बैंकको केन्द्रीय कार्यालय साग्रिला बैंकको केन्द्रीय कार्यालय बालुवाटार हुनेछ ।

एकीकृत कारोबारको प्रक्रिया बढाउनका लागि कसमसको शाखा असार २९ गते बन्द हुने बैंकले जनाएको छ ।


पुष्प दुलाल