सेञ्चुरी बैंकको थप ३ स्थानमा शाखा रहित बैकिङ्ग सेवा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कबिलासी, गैर, सर्लाहीबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले असार १९ गतेदेखि शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

यसअघि भोजपुर, कैलाली, मोरंङ, खोटाङ्ग, रौतहट, कंचनपुर, बर्दिया र धनकुटा जिल्लाको विभिन्न १४ स्थानबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको छ । बैंकको हाल ५३ वटा शाखा, ३४ वटा एटीएम, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा दिदै आएको छ ।

निकट भविष्यमा सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको प्राप्ती पश्चात् सेञ्चुरी बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने बैंकले जनाएको छ ।

 

 


पुष्प दुलाल