भिबोर सोसाइटी र लुम्बिनी फाइनान्स गाभिए, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार



काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी एकआपसमा.गाभिई आजदेखि लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको शुभारम्भ राष्ट्र बैंकका गर्भनर डा.चिरंजीवि नेपालले गरे ।

मर्जपछि भनेको लुम्बिनी विकास बैंकको केन्द्रीयकार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीयकार्यालय रहेको काठमाण्डौं डिल्लीबजारमा रहने छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक झलकप्रसाद खनाल रहने छन् ।

मर्जसँगै बैंकको चुक्तापुँजी २ अरब ८८ लाख रुपैयाँ पुगेको छ । ३६ करोड ३० लाख रुपैयाँ पुँजी समायोजन जगेडा कोषमा छ । मर्ज सम्पन्न भएलगत्तै चुक्ता पुँजीको १० प्रतिशतका दरले हकप्रद शेयरजारी गरि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसारको चुक्तापूँजी पु¥याइने छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप .१७ अरब
रुपैयाँ, कर्जा १५ अरब ५८ करोड रुपैयाँ पुगेको छ । बैकको देशभर ४९ वटा शाखा तथा १२ वटा एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा दिइरहेको छ ।


पुष्प दुलाल