तपाईंको गाउँमा कुन बैंक आउँदैछ ?



काठमाडौं । बैंकमा पैसा राख्न, झिक्न र ऋण लिन लगायतका बैंकिङ कारोबार गर्न अब तपाईं सदरमुकाम वा घन्टौं हिँडेर बजार इलाका जानु नपर्ने भएको छ । किनभने तपाईंको गाउँमै बैंकहरु आउने भएका छन् ।

सरकारी कामकाजका लागि वाणिज्य बैंक चाहिने भएकाले प्रत्येक स्थानीय तहमा बैंक खुल्नेन भएका छन् । देशभर ७ सय ४४ स्थानीय तह छन्, जसमध्ये ४१२ स्थानीय तहमा बैंक पुगेका छैनन् । अब ती स्थानमा पनि बैंक पुग्ने भएका हुन् ।

बैंक नपुगेका ४ सय १२ स्थानीय तहम्ये २ सय ५० स्थानीय तहमा यसै वर्ष बैंकहरुले शाखा विस्तार गर्दैछन् । ३ सय ३२ स्थानीय तहमा भने यसअघि नै बैंक पुगिसकेका छन् ।

गत जेठ १५ गते अर्थमन्त्रीले सार्वजानिक गरेको बजेटमा आगामी आर्थिक वर्ष सबै स्थानीय तहमा बैंक पुर्याउने घोषणा गरेका थिए । त्यसपछि राष्ट्र बैंकले बैंकर्स संघसँग कहाँ कहाँ छन्, कहाँ कहाँ छैनन् र कुन बैंक कहाँ जाने ? भन्ने प्रस्ताबसहितको रिपोर्ट बुझाउन निर्देशन दिएको थियो ।

नेपाल बैंकर्स संघले ४६ नगरपालिका र २०४ गाउँपालिकामा वाणिज्य बैंकका शाखा खोल्न प्रस्ताव गरेको हो ।


पुष्प दुलाल