सानिमा बैंकको ४६ औं शाखा महाराजगंजमा




काठमाडौ । सानिमा बैंकले काठमाण्डौंको महाराजगंजमा ४६आंैै शाखाकार्यालय स्थापना गरीे बैंकिङ्ग सेवाबिस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरिएको हो ।

सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै यस महाराजगंज शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले ४६ वटाशाखा तथा ५३ वटा एटिएमबाट सेवा प्रधान गरिरहेको छ ।

 


पुष्प दुलाल