सामसङले उछिन्यो एप्पललाई




सामसङ इलेक्ट्रोनिक्स कम्पनी एसियाकै सर्वाधिक लोकप्रिय ब्रान्डको सूचीमा परेको छ । ग्यालेक्सी एस-८ को सफल लन्चसंगै सामसङ लोकप्रिय भएको हो ।

सस्तो र आकर्षक चिनियाँ मोबाइल फोनको बजारमा प्रवेशका बाबजुद सामसङले आफ्नो बिक्री र लोकिप्रियता हासिल गर्न सफल भएको छ ।
क्याम्पियन एसिया-प्यासिफिक र निल्सेनले सार्वजनिक गरेको प्रतिवेदन देखाउँदै कम्पनीले एसियामा पहिलो लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ ।

एसियाका उत्कृष्ट १ हजार ब्रान्डमा सामसङ इलेक्ट्रोनिक्स पहिलो नम्बरमा परेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पल दोस्रो स्थानमा परेको छ । यसपछि क्रमशः जापानको सोनी र स्विट्जरल्यान्डको नेस्ले परेका छन् ।

सामसङले गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी नोट सेभेनको घटनालाई पारदर्शी रुपमा सञ्चालन गरेको र यसै वर्ष ग्यालेक्सी एस-८ स्मार्टफोन सफलतापूर्वक सार्वजनिक गरेकाले पनि कम्पनी एसियामै लोकप्रिय ब्रान्ड बन्न सफल भएको क्याम्पियन एसिया-प्यासिफिकले जनाएको छ ।

गत वर्ष दक्षिण कोरियाली प्रविधि कम्पनीले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरेको थियो । चार्ज गर्ने क्रममा संयन्त्रमा आगो लागेपछि सामसङले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरेको हो ।

अनुसन्धानले फोनबाट हटाउन नमिल्ने ब्याट्रीका कारण समस्या उत्पन्न भएको अनुसन्धानले देखाएको छ । यो पछिल्लो अनुसन्धान १३ एसियाली राष्ट्रका ६ हजार भन्दा बढी उपभोक्तामाझ सञ्चालन गरिएको थियो । एजेन्सीको सहयोगमा


क्लिकमान्डु