नेप्सेमा ३१ अंकको उछाल




काठमाडौं । साताकोे अन्तिम दिन नेप्सेमा उछाल देखिएको छ । ३१.०५ अंकले बढेर १५८२.११ अंकमा पुगेको नेप्सेमा कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै ६० प्रतिशतले बढेर ७६ करोड ३० लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार १ सय ४८ कम्पनीका ३५ लाख ९ हजार कित्ता सेयर कारोबार भएको छ ।

बिहिबार सबै उपसुचकहरुमा हरियाली छाएको छ । बैंकिङ २४.५३, होटल ५८.८७, बिकास बैंक ३९.४५, जलबिद्युत २०.७४, बित्त ४.९२, बीमा ३१९.९, उत्पादन ११.२४ र अन्य ४.३४ अंकले बढेका छन् ।

नेरुडे लघुबित्तको सबैभन्दा बढि ६ करोड २० लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफको ५ करोड ४९ लाख, सानिमा बैंकको ४ करोड ४६ लाख र एनसीसी बैंकको ३ करोड ३५ लाख रुपैंयाँको कारोबार भएको छ ।

बजार ३१ अंकले बढ्दा पनि कुनैपनि कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको छैन । अरुण भ्यालीको सबैभन्दा बढि ७.४१ प्रतिशतले सेयर मुल्य बढेको छ । दोस्रोमा निर्धन उत्थानको ५.९६ र तेस्रोमा नेपाल लाइफको ५.९१ प्रतिशतले सेयर मुल्य बढेको छ ।

बिहिबार सबैभन्दा बढि प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ८.२२ प्रतिशतले गुमाएका छन् । यसैगरी बल्र्ड मर्चेन्टका लगानीकर्ताले ५.१८ र गुडविल फाइनान्सका लगानीकर्ताले ३.८४ प्रतिशतले गुमाएका छन् ।

 


पुष्प दुलाल