छ्याङदीमा सेयर परेन, आजदेखि पैसा फिर्ता




काठमाडौं । छ्याङदी हाइड्रोपावर गत जेठ १४ गतेजारी गरेको सेयर वाँडफाँट पत्र वितरण तथा नपरेका सेयर बापत रकम फिर्ता गर्ने भएको छ ।

कम्पनीले गत शनिबार बाँडफाँट गरिएको ५ लाख ४० हजार कित्ता सेयरको बाँडफाँट पत्र तथा रकम फिर्ता गर्न लागेको हो ।

कम्पनीले सेयर पत्र वितरण तथा रकम फिर्ताका लागि रकम भुक्तानी गरेको बैंक तथा आवेदन केन्द्रमा सम्पर्क राख्नु पर्ने जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।

 


पुष्प दुलाल