एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा



काठमाडौं। एनसेलले सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुका लागि एक नयाँ रोचक भ्यालु एडेड सर्भिस सार्वजनिक गरेको छ ।

एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् ।

यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् ।

यसका साथ/साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्ने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् ।

म्याजिक भ्वाइस सेवा सोमबार बाट लागु भएको कम्पनीले जानकारी दिएको छ ।

‘यो रोचक सेवा ग्राहकमाझ ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यसले ग्राहकलाई थप मुल्य प्रदान गर्ने छ र सेवा प्रयोगको अनुभव अभिवृद्घिमा योगदान गर्नेछ । साथै यो सेवामा हामी मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याकग्राउण्ड साउण्डहरु थप्दै लग्ने छौ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र २ रुपैयाँमा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र १० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु