माछापुछ्रे बैंकद्धारा निःशुल्क आँखा शिविर संचालन
तनहुँ । माछापुछ्रे बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाट तनहुँ स्थित गलेश्वर आश्रममा निःशुल्क आँखाशिविर सम्पन्न गरेको छ ।
स्वास्थ्यशिविर मार्फत १ सय ६३ भन्दा बढी बिरामीको आँखा निःशुल्क परीक्षण गराइएको थियो । साथै, ४९ जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको छ ।
सो कार्यक्रममा बिभिन्न आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको थियो । त्यसैगरी, उक्तशिविर मार्फत छानिएका १२ जना विरामीको भरतपुर आँखा अस्पतालमा निःशुल्क (मोतियाबिन्दु) पनि गरिएको थियो ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोबार सुरु गरेको बैकको कुलशाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ ।
६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी छ । बैकको २०७३ साल चैत्र मसान्तसम्ममा ५८ अर्ब ४८लाख रुपैयाँ निक्षेप परिचालन गरी ५३अर्ब ५८लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो, अवधिमा १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।