६ बैंकलाई राष्ट्र बैंकले दियो मर्जरको अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ जोडी बैंकहरुलाई मर्जरमा जान अन्तिम स्वीृकति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले एक वाणिज्य बैंकसहित ५ वटा बिकास बैंकहरुलाई मर्जरको स्वीकृति दिएको हो ।

ग्लोब आइएमइ बैंक र रिलायबल डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक र कसमस विकास बैंक, कामना विकास बैंक र सेवा विकास बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘आजको सञ्चालक समितिको बैठकले ३ जोडी बैंकहरुलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल