पोखरा फाइनान्सको १० लाख कित्ता एफपिओ, मूल्य २२० रुपैयाँ



काठमाडौं । पोखरा फाइनान्सल फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ ।

नियामक नेपाल धितोपत्र वोर्डले फाइनान्सलाई ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । फाइनान्सले निष्काशन गर्ने एफपिओको प्रतिकित्ता मूल्य २२० रुपैयाँ हुनेछ ।

राष्ट्र बैंकमा पेश गरिएको पूँजी वृद्घि योजनामा एफपिओ जारी गर्ने उल्लेख गरेको थियो ।

हाल फाइनानसको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाको पूँजी एफपिओ निष्कासन पछि ६५ करोड ५७ लाख रुपैयाँ पुग्ने छ ।

साथै संस्थाले गत वर्षको साधारण सभाद्वारा पारित १५ प्रतिसत हकप्रदको निष्कासन एवं आर्थिक वर्ष २०७३/७४ को नाफासमेत बाट चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जानकारी दिए ।


पुष्प दुलाल