२ अंकले बढ्यो नेप्से, ४४ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक २.४७ अंकले बढेको छ । २.४७ अंकले बढदै नेप्से परिसुचक १५४४.२९ अंकमा अडेको छ ।

सोमबार नेप्सेमा १ सय ४५ कम्पनीका ८ लाख ३८ हजार ३ सय ९८ कित्ता सेयर खरिद बिक्री भएका छन् । ४४ करोड ६७ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ६.११ र विकास बैंक समूह ६.६८ अंकले बढेका छन् ।

होटल समूह ३७.१, जल विद्युत समूह ९.०३, वित्त समूह ४.५८, बीमा समूह ७.२९, उत्पादन मूलक समूह ६.७५ र अन्य समूह ३.७६ अंकले घटेका छन् ।

फर्वाड कम्युनीटी माइक्रो फाइनान्स वित्तय संस्थाका लगानी कर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।

पोखरा फाइनान्स र कन्चन डेभलपमेन्ट विकास बैंकका लगानीकर्ताले ५.६८ र ५.२८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल