लक्ष्मी बैंकले सल्ली बजारमा शाखा खोल्यो



काठमाडौ । लक्ष्मी बैंकले सल्यान जिल्लाको सल्ली बजारमा शाखा संचालनमा ल्याएकोे छ । बैंकले आजदेखि सल्ली बजारको शाखा संचालनमा आएको हो ।

नयाँ शाखा विस्तारसँगै बैंकको शाखा ६९ पुगेको छ ।

आर्थिक वषृ. २०७३/७४मा ५७ अर्ब ८० करोड रुपैयाँ निक्षेप र ५० अर्ब २१ करोड रुपैयाँ कर्जा छ । बैंकको वासलातको आकार ६८ अर्ब ५ करोड रुपेयाँ छ । चालु आर्थिक बर्षमाा बैंकले १ अर्ब १ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । सो, अघिल्लो वर्षको अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

 


पुष्प दुलाल