भ्याटको विवाद नेप्सेमा देखियो, २२ अंकको गिरावट




काठमाडौं । भ्याटको विवाद नेपाल स्टक एक्सेन्ज (नेप्से)मा देखिएको छ । भ्याट विवादका कारण गत बिहिबार सेयर ब्रोकरले अनिश्चित समयका लागि सेयर कारोबार रोक्का गरेका घोषण गरेका थिए । सरकारसँग सहमति भएसँगै ब्रोकरले आइतबारदेखि सेयर कारोबार पुनःसंचालन गरेका हुन् ।

आइतबारदेखि सेयर कारोबार पुनःसंचालनमा आएपनि भ्याटको विवाद नेप्से परिसुचकमा देखिएको छ । आइतबार नेप्से परिसुचक २१.९९ अंकले घटेको छ ।

आज १ सय ४८ कम्पनीका ९ लाख ३१ हजार ९ सय ७५ कित्ता सेयर खरिद बिक्री भएका छन् । ५६ करोड ७७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

होटल समूह ०.३३ र अन्य समूह २.६१ अंकले बढेका छन् ।

बैंकिङ समूह २२.८७, विकास बैंक समूह ३०.२१, जल विद्युत समूह २५.४२, वित्त समूह ६.२५, बीमा समूह १२९.६६ र उत्पादन मूलक समूह २०.६८ अंकले घटेका छन् ।

पोखरा फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । हिमालयन जेनरल इन्स्योरेन्सका लगानीकर्ताले ४.०५ प्रतिशतले कमाएका छन् ।

एभरेष्ट बैंक प्रोमटर सेयरका लगानीकर्ताले ९.०९ प्रतिशतले गुमाएका छन् । यस्तै, कन्काई विकास बैंक, गुरास लाइफ इन्स्योरेन्स प्रमोटर सेयर, सप्तकोशी विकास बैंकका लगानीकर्ताले क्रमस ७.९२, ७.९२, ७.१७ प्रतिशतले गुमाएका छन् ।

 


पुष्प दुलाल