आजदेखि गरिमा विकास बैंकको सेयर लिलाममा




काठमाडौं । गरिमा बिकास बैंकले हकप्रदमा बिक्री हुन नसकेका सेयर आजबाट (असार १८ गते) लिलामी गर्ने भएको छ ।

बैंकले ९ हजार ८ सय ४७ कित्ता प्रमोटर सेयर र ३ लाख ३६ हजार ७१ कित्ता सर्वसाधारण सेयर लिलामी गर्न लागेको हो । बैंकले गत बैशाख १ गते देखि जेठ १७ गतेसम्म १०ः७ अनुपातमा हकप्रद सेयर बिक्री गरेको थियो ।

सेयर लिलामीको ब्यवस्थापन एस क्यापिटलले गर्ने भएको छ । इच्छुक लगााीकर्ताले नक्साल स्थित एस क्यापिटलको कार्यालयमा गएर लिलामीमा आवेदन दिन सक्नेछन् ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २४ करोड ८५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । १ अर्ब २९ करोड रुपैंयाँ चुक्ता पुँजी भएको बैंकको हकप्रद पश्चात २ अर्ब २० करोड रुपैंयाँ पुँजी पुग्नेछ ।


पुष्प दुलाल