सेयर बजारः एक अर्ब बढीको कारोबार



काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार धितोपत्र दलाल सङ्घले मूल्य अभिवृद्धि कर तिर्ने वा नतिर्ने विषयमा आपत्ति जनाएपछि बजार बन्द भएको थियो । बाँकी दिनमा कुल १६० कम्पनीको ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

गत साता १६४ कम्पनीको रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९१ अङ्कले घटेर अन्तिम दिन एक हजार ५६३ दशमलव ८१ अङ्कमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ०९ अङ्कले घटेर ३३१ दशमलव ६६ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा हिमालयन बैंक अग्रस्थानमा छ । सो बैंकको रु १२ करोड ६७ लाख १० हजार बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभू बैंक लिमिटेड अग्रस्तानमा थियो । सो बैंकको छ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको थियो । रासस


पुष्प दुलाल