चितवनको माडीमा देवः विकास बैंकले शाखा खोल्यो



काठमाडौं । देवः विकास बैंकले चितवनको माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरे ।

सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिबृद्धि गर्न बैंक सदवै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

माडी उद्योग वाणिज्य संघका अध्यक्ष रेशम लाल आचार्यले शुभकामना मन्तव्य दिँदै माडी क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गरे ।

माडी नगरपालिकाका नगर प्रमुख, ठाकुर प्रसाद ढकालले शुभकामना मन्तव्य दिने क्रममा नगरवासीहरुको आर्थिक आवश्यकता पूरा गर्न र माडी उपत्यकामा आर्थिक गतिविधि बढाउन बैंकले क्रियाशील हुनु पर्नेमा जोड दिए ।

उदघाट्न कार्यक्रममा बिशेष मन्तव्य दिँँदै डेपुटी गभर्नर सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नु पर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेको बताए ।

निर्यातमुखी व्यवसायमा जोड दिनु हुँदै बैकिङ्ग सेवालाई गाउँ गाउँमा पुर¥याउन सकेमात्र समग्र देशको आर्थिक बृद्धिदर हुने विचार व्यक्त गरे ।

बैंकले हालसम्म १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै यस अवधिमा बैंकले ३१ करोड ४० लाख संचालन नाफा कमाएको छ ।


पुष्प दुलाल