कास्कीको अर्घाैमा ओम डेभलपमेन्ट बैंकले शाखा खोल्यो



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको लेखनाथस्थित अर्घौमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले गरे ।

सो अबसरमा लक्ष्मी माध्यमिक विद्यालयमा लेखनाथलाई छात्राबृद्धि बितरण र सृजना बहिरा आवासिय माध्यमिक बिद्यालय, लेखनाथलाई पंखा बितरण गरिएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बैंकका विविध पक्षहरुको जानकारी गराए ।

ओमले गत असार २ गते मनास्लु विकास बैंकसंग संयुक्त कारोबार गरेको थियो । संयुक्त कारोवार पछि बैंकको चुक्ता पुँजी १ अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, ग्राहक संख्या २ लाख २३ हजार पुगेको छ ।

बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडी बढाईसकेको प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिए ।


पुष्प दुलाल