तत्काल सेयर कारोबार गराउन नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन



काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले तत्काल सेयर कारोबार सुचारु गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

भ्याटको विषयलाई लिएर असार १५ गते ब्रोकरहरुले कारोकार नगर्दा नेप्सेमा कुनैपनि कारोबार भएको थिएन ।

धितोपत्रको दोस्रो बजार कारोबार नहुँदा यसबाट पूँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा पर्न सक्ने बोर्डको ठहर छ ।

प्रतिकूल प्रभावको संवेदनशीलतालाई दृष्टिगत गरी धितोपत्रको दोस्रो बजारको फ्रन्ट लाइन रेगुलेटरको रुपमा रहेको नेप्सेलाई तत्काल कारोबार सुचारु हुने व्यवस्था गर्न निर्देशन दिईएको सहायक प्रवक्ता निरञ्जय घिमिरे जानकारी दिए ।


पुष्प दुलाल