काठमाडौं महानगरले वृद्धवृद्धालाई घरमै गएर दियो सामाजिक सुरक्षा भत्ता



काठमाडौं । काठमाडौं महानगरले जेष्ठ नागरिकको घरमै गएर सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परीक्षण गरेको छ ।

महानगरले आज बिहान वडा नम्बर १ का जेष्ठ नागरिको घरमै गएर स्वास्थ्य परीक्षण र सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

गत जेठ १७ बसेको महानगरको प्रथम कार्यपालिकाको बैठकले ८० वर्ष उमेर पुरा भएका पुरुष र ७५ वर्षमाथिको महिलालाई महानगरकोतर्फबाट १२ हजार रुपैयाँ महानगर भत्ता दिने । साथै, घरदैलोमा दक्ष चिकित्सक सहितको टोलीसहित स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो ।

महानगरका प्रमुख र उपप्रमुखको उपस्थितिमा वडा नम्बर १ का ८८ वर्ष माथिका ७ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण र जनहि १२ हजार रुपैयाँ सामाजिक सुरक्षा वितरण गरिएको छ ।

उक्त कार्यक्रम अन्तरगत महानगरको टोली वडा नम्बर ३ को घरदैलो काक्रममा रहेको छ ।

जेष्ठ नागरिकहरुलाई जीवनप्रति सकारात्मक एवं रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

स्वास्थ्य जाँच टोलीमा डक्टर १ जना, स्टाफ नर्स, एएनएम (अनमि) र एएचडव्लु (अहेव) १/१ जना रहेका छन् ।


पुष्प दुलाल