हिमालयन बैंकले मैतीदेवी मन्दिरमा सिसि क्यामरा राख्यो




काठमाडौं । हिमालयन बैंकले ऐतिहासिक एवं धार्मिक सम्पदाको सुरक्षामा सहयोग पुर्याउन उद्देश्यले मैतीदेवी मन्दिर परिसररमा ८ थान सिसि क्यामरा जडान गरेको छ ।

क्यामराले १८ दिनसम्मको गतिविधिलाई सुरक्षित कैद गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सिसि क्यामरा सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरेका छन् ।

पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक सम्पदा संरक्षणको कार्य अत्यन्त सह्रानिय रहेको बताए ।

बैंकका अध्यक्ष श्रेष्ठले सिसि क्यामरा जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

 

 


पुष्प दुलाल