आजदेखि सिटिजन्स र सानिमा बैंकको सेयर लिलामी



काठमाडौं । सिटिजन्स् बैंकले आजबाट (असार १५ गते) हकप्रदमा नबिकेको ६ लाख १९ हजार ८ सय ३ कित्ता सेयर लिलामी गर्ने भएको छ ।

बैंकले साधारणतर्फ ४ लाख २० हजार ४ सय ९० कित्ता र प्रमोटरतर्फ १ लाख ९९ हजार ३ सय १३ कित्ता सेयर लिलामी गर्न लागेको हो । बैंकले २५ प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

सानिमा क्यापिटलले ब्यवस्थापन गर्ने सेयर लिलामीमा इच्छुक लगानीकर्ताले सानिमा क्यापिटलको कार्यालय नक्सालबाट आवेदन दिन सक्नेछन् ।

अन्तिम कारोबार मुल्य ३ सय ८० रुपैंयाँ रहेको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८७ करोड १५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब चुक्ता पुँजी पुर्याउन बैंकले थप १५.६ प्रतिशतले पुँजी बढाउनुपर्ने छ ।

यसैगरी सानिमा बैंकले पनि आजैबाट २ लाख ११ हजार ४७ कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । बैंकले ३० प्रतिशत हकप्रद जारी गर्दा नबिकेको सेयर लिलामी गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले सिबिआइएल क्यापिटलको कार्यालय डिल्ली बजारबाट आवेदन दिन सक्नेछन् ।

सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ९४ करोड ६९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकको अन्तिम कारोबार मुल्य ४ सय २४ रुपैंयाँ छ ।


पुष्प दुलाल