म्युचुअल फण्डको अढाई करोड कित्ता स्किम पाइपलाइनमा



काठमाडौं । दुई वटा संयुक्त लागनी कोष (म्युचुअल फण्ड) ले अढाई करोढ कित्ता स्किम ल्याउन लागेका छन् ।

सिद्दार्थ इक्वीटी फण्डले १ करोड २० लाख र ग्लोबल आइएमइ ब्यालेञ्ज फण्डले १ करोड २० लाख कित्ता स्किम ल्यउनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बोर्डले स्वीकृति दिएपछि उनीहरुले प्रतिकित्ता १० रुपैयाँ अंकित दरका स्किम ल्याउने छन् । सिद्दार्थले गत असोज ४ गते र ग्लोबल आइएमइले गत जेठ ७ गते धितोपत्र बोर्डमा आबेदन दिएका हुन् ।

म्युचुअल फण्डको स्किमको मूल्य प्रतिकित्ता १० रुपैयाँ पर्छ । यसरी तपाईंसँग उठाएको पैैसा कम्पनीलले विभिन्न कम्पीनहरुको सेयरमा लगानी गर्छ । र, त्यसबाट भएको नाफाबाट स्किम किन्नेहरुलाई फण्डले लाभांस दिन्छ ।

तर म्युचुअल फण्डहरुले नगद लाभांसमात्रै दिन्छन्, उनीहरुले बोसन सेयर दिन पाउने कानूनी व्यवस्था छैन । अहिले म्युचुअल फण्डहरुले वार्षिक औषतमा २० देखि २५ प्रतिशतसम्म लाभांस दिँदै आएका छन् ।

सेयर बजारमा पर्याप्त समय दिन नसक्ने सानो पुँजी भएका र दोस्रो बजारमा खेल्न नसक्ने तर पुँजी बजारबाट पैसा कमाउन चाहनेहरुका लागि म्युचुअल फण्डको लगानी आकर्षक हुनसक्छ ।


पुष्प दुलाल