रैराङ हाइड्रोपावरको आइपीओमा ४ गुणा बढी आबेदन



काठमाडौं । रैराङ हाइड्रोपावरले पाँचथर र ताप्लेजुङ जिल्लाका स्थानीयबासीको लागि आह्वान गरिएको सेयर प्रस्ताव भन्दा ४ गुणा धेरै आवेदन परेको छ ।
गत जेठ २५ गते कम्पनीले आफ्नो जारी पुँजी ५६ करोडमध्ये १० प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ बराबरको ५ लाख ६० हजार कित्ता साधारण सेयर प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको थियो ।

कम्पनीले प्रत्यक्ष प्रवाभित पाँचथरको साविक थर्पु तथा ताप्लेजुङको साविक साँव्लाखु गाविसका लागि २ लाख ४० हजार कित्ता तथा दुवै जिल्लाका बाँकी स्थानीय तहका लागि ३ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

२ जिल्ला र प्रभावित क्षेत्रका वासिन्दाले ५ हजारभन्दा बढी आवेदन मार्फत् २३ करोड रुपैयाँ बराबर सेयर आवेदन दिएका छन् ।

ड्राफ्ट तथा चेक क्लियरिङको कारण यो विवरणमा सामान्य हेरफेर हुन सक्ने भएपनि यो रकम कम्पनीले प्रस्ताव गरेको रकम भन्दा ४ गुणा बढी हुने भनी निष्काशन तथा बिक्री प्रबन्धकबाट जानकारी हुन आएको छ ।

स्थानीयवासीको शेयर वाँडफाँट पश्चात जारी पुँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लागि निष्काशन गर्न धितोपत्र बोर्ड मार्फत् निष्काशन प्रकृया तत्काल अघि बढाइनेछ ।


पुष्प दुलाल