नेप्सेमा चुनावको उत्साह देखिएन



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्स) मा दोस्रो चरणको स्थानीय चुनावको उत्साह देखिएको छैन । आज असार १४ गते मुलुकमा दोस्रो चरणको स्थानीय तहको मतदान भईरहेको छ । मतदानको दिन नेप्से १.२८ अंकले घटेको छ । १५६५.०९ अंकबाट दिनको सुरुवात गरेको नेप्से १५६३.८१ अंकमा अडेको छ ।

आज १ सय ४० कम्पनीका ७ लाख ९९ हजार ३ सय १८ कित्ता सेयर खरिद बिक्री भएका छन् । ४९ करोड ६८ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा ७ वटा उप समूहको कारोबार भएका छन् । ती मध्ये बैंकिङ समूह ३.५३, जलविद्युत समूह ७.५२ र अन्य समूह २.०३ अंकले घटेका छन् ।

होटल समूह २८.१४, विकास बैंक समूह ५, वित्त समूह २.०३ र बीमा समूह १०.९१ अंकले बढेका छन् ।

उत्पादन मुलक समूहको आज कारोबार हुन नसकेको नेप्सेले जानकारी दिएको छ ।

आज एभरेष्ट बैंक प्रमोटर सेयर र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

गुरास लाईफ इन्स्योरेन्स प्रमोटर सेयरका लगानीकर्ताले ७.४७ प्रतिशतले गुमाएका छन् ।

 


पुष्प दुलाल