अब जेष्ठ नागरिक, बालबालिका र अपाङलाई साझा बस चढ्दा पैसा नलाग्ने



काठमाडौं । आजदेखि जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने भएको छ । अब साझा यातायातमा जेष्ठ नागरिक, बालबालिका र अपाङले निःशुल्क यात्रा गर्नसक्ने वातावरण निर्माण भएको हो ।

साझा यातायातका प्रमुख लेखा अधिकृत गोपालप्रसाद पन्तले आजबाट जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने जानकारी दिए ।

‘जेष्ठ नागरिक ७० वर्षभन्दा माथि र अपाङ (क र ख) भएकाले परिचय खुल्ने कागजात पेस गरेमा साझा यातायातमा निःशुल्क यात्रा गर्न सक्नेछन्, ५ बर्षमुनिका बालबालिकाले पनि निःशुल्क यातायात गर्न सक्नेछन्,’ पन्तले क्लिकमाण्डूसँग भने ।

मंगलबार काठमाडौंमा साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित कार्यक्रमा काठमाडौं महानगरका प्रमुख शाक्यले साझा यातायातले जेष्ठ नागरिक, अपाङ (क र ख) र ५ बर्षमुनिका बालबालिकाले निशुल्क यात्रा गर्न पाउने बताएका थिए ।

साझा यातायातमा काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ सेयर रहेको छ ।


पुष्प दुलाल