चुनाबमा लाग्दा सेयर भर्न छुट्ला है, कुन कम्पनीको हकप्रद कहिले ?




काठमाडौं । भोली (असार १४ गते) स्थानीय निकायको दोस्रो चरणको चुनाव हुँदैछ । बिभिन्न संचारमाध्यमहरुले लाखौं मानिसहरु भोट हाल्न काठमाडौं बाहिर गैसकेका समाचारहरु प्रकाशित गरेका छन् ।

पहिलो चरणको चुनावको उदाहरण लिएर हेर्ने हो भने चुनाव सकिएपछि पनि मतगणना नसकिउन्जेल चुनाबी माहोल नसकिने देखाउँछ ।

यसको मतलब के हो भने भोट हाल्न काठमाडौं छाडेका ठूलो संख्याका मानिसहरु मतगणना नसकिउन्जेल काठमाण्डौं फर्किने छैनन् ।

चुनावमा भोट हालेर नतिजा कुर्दै गर्दा बिभिन्न कम्पनीहरुले खुल्ला गरेका हकप्रदहरु छुट्नसक्छ । धेरै कम्पनीहरुले धितोपत्र बोर्डबाट हकप्रदको स्वीकृति पाइसकेका छन् । अझ कतिपय कम्पनी त हकप्रद बिक्री गरिरहेका नै छन् । र, बिक्रीको अन्तिम चरणमासमेत छन् ।

जस्तो, सनराइज बैंकको ३० प्रतिशत हकप्रद खुल्ला छ । आगामी असार १९ गतेसम्म यसमा आवेदन दिन पाइनेछ । सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद पनि आगामी असार २८ गते बन्द हुँदैछ ।

यसैगरी स्वरोजगार लघुबित्तको ५० प्रतिशत हकप्रद साउन ४, मिर्मिरे माइक्रोफाइनान्सको ५० प्रतिशत साउन ८, एनबी इन्स्योरेन्सको १०० प्रतिशत साउन ९, कामना बिकास बैंकको ३० प्रतिशत साउन १५, गुडविल फाइनान्सको ६० प्रतिशत साउन २२, एभरेष्ट बैंकको ३३.३३ प्रतिशत साउन २२, पूर्णिमा विकास बैंकको २५ प्रतिशत साउन २२, अल्पाइन विकास बैंकको ३ः२.०८ अनुपातमा साउन २९ र रिलायबल माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद साउन २९ गते बन्द हुँदैछन् ।

हकप्रदमा आवेदन दिनु भनेको हकप्रद फारम भर्नुमात्र नभएर घरेलु वित्तीय ब्यवस्थापन गर्नु पनि हो, जसका लागि योजना बनाउनुपर्छ र समयकोसमेत आवश्यकता पर्छ ।

माथि उल्लेखित कम्पनीका अलावा अन्य धेरै कम्पनीले पनि धितोपत्र बोर्डबाट हकप्रदको स्वीकृति पाइसकेका छन् । उनीहरुले पनि निकट भविष्यमा नै हकप्रद जारी गर्नेछन् ।

धितोपत्र बोर्डबाट हकप्रदको स्वीकृति पाएका कम्पनीहरु

चुनावको सरगर्मी बढेका बेला मानिसहरु त्यता बढी केन्द्रित भई आफ्नो ब्यक्तिगत वित्तीय ब्यवस्थापन चौपट पार्नु राम्रो होइन । सामाजिक दायित्व र ब्यक्तिगत प्राथमिकताबीचको सन्तुलन नै सुखी र समृद्ध जिवनको आधार हो ।


पुष्प दुलाल