तिनाउ विकास बैंकको ३१ हजार कित्ता सेयर लिलाम हुँदै



काठमाडौं । तिनाउ विकास बैंकले ३१ हजार ४ सय ९७ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले असार २७ गते लिलाममा सेयर बिक्री गर्न लागेको हो ।

बैंकले बैशाख १९ गतेदेखि जेठ २२ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद सेयर बिक्री हुन नसकेकाले लिलाममा बिक्री गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । सोमबार बैंकको सेयर मुल्य ३ सय १० रुपैयाँ प्रति कित्तामा बिक्री भएको थियो । सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १०० रुपैयाँ प्रति कित्तामा आवेदन दिनु पर्नेछ ।

 


पुष्प दुलाल