फेरि १ अर्बको एफपिओ ल्याउने शिखर इन्स्योरेन्सको योजना



काठमाडौं । शिखर इन्स्योरेन्सले फेरि १ अर्ब रुपैयाँ बराबरको एफपिओ ल्याउने योजना सार्वजानिक गरेको छ ।

असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बीमा समितिले भने अनुसारको चुक्ता पुँजी पुर्याउनका लागि १ अर्ब रुपैयाँको एफपिओ ल्याउने निर्णय गरेको हो ।

फेरि एफपिओ ल्याउने कम्पनीको योजना आइतबार नेपाल स्टक एकसचेञ्बाट सार्वजानिक गरेको हो ।

बीमा समितिले ०७५ असार मसान्तसम्ममा निर्जीबन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने ब्यवस्था गरेको छ । हाल शिखर इन्स्योरेन्सको कम्पनीको चुक्ता पुँजी ८१ करोड रुपैयाँ छ ।

चुक्ता पुँजी बढाउन शिखरले चालू आर्थिक वर्षको नाफाबाट बोनस सेयर जारी गर्ने पनि योजना लबीमा समितिमा बुझाएको छ ।

पुँजी बजारको नियामक धितोपत्र बोर्डको केही समयअघि जारी गरेको धितोपत्र दर्ता तथा निष्कासन नियवमावली–०७४ मा एकपटक एफपीओ जारी गरेको कम्पनीले कम्तिमा ५ वर्ष नपुगी फेरि एफपीओ जारी गर्न नपाउने व्यवस्था गरेको छ ।

शिखरले यसअघि २०७२ साल मंसिरमा एफपीओ जारी गरेको थियो । कम्पनीले गत फागुनमा धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा १३ लाख ६२ हजार कित्ता सेयर एफपीओ जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ ।


पुष्प दुलाल