टुरिजम डेभलपमेन्ट बैंकले ल्यायो चीप कार्ड र स्मार्ट मोवाइल बैंकिङ सेवा



काठमाडौं । अत्याधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा दिने उदेश्यले टुरिजम डेभलपमेन्ट बैंकले चिप कार्ड र स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत महेशशर्मा ढकालका अनुसार बैंकले सञ्चालनमा ल्याएको स्मार्ट मोबाइल बैंकिङ सेवामा हुने कारोबार निकै सुरक्षित हुनुका साथै वाइफाइबाट ग्राहकले संसारका जुनसुकै ठाउँबाट कारोबार गर्न सक्नेछन् ।

त्यसैगरी, बैंकका नयाँ शाखाहरु, खाताहरु, सेवालगायत एटीएम सञ्जालबारेमा जानकारी प्राप्त गर्न सक्ने, अन्तर बैंक भुक्तानी गर्न सक्ने र वस्तु तथा सेवा गरिदबापत भुक्तानी गर्नसक्ने सीइओ ढकालले जानकारी दिए ।

त्यस्तै, बैंकले सुरु गरेको इएमभी चिप प्रविधिमा आधारित भिषा डेबिट कार्ड, डलर कार्ड, अन्तर्राष्ट्रिय ट्राभल कार्ड कार्ड जारी गरेको छ । यी कार्डहरु विश्वव्यापी रूपमा प्रयोग गरिने अत्याधुनिक इएमभी चीप प्रविधिमा आधारित भएकोले धेरै सुरक्षित भएको बैंकको दाबी छ ।

भिषा डेबिट कार्ड नेपाल र भारतका १ लाखभन्दा बढी एटीएमहरुमा चल्ने, भिषा अन्तर्राष्ट्रिय ट्राभल कार्ड विश्वको जुनसुकै ठाउँबाट त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न साथै भुक्तानी गर्न सकिने र बैंकले भिषा डेबिट तथा अन्तर्राष्ट्रिय ट्राभल कार्ड अरु बैंकहरु भन्दा सस्तो शुल्कमा उपलब्ध गराएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले पोईन्ट आफ्नो सेल्स मेशिन शुरु गरेको छ । यी मेशिनहरु इएमभी चीप प्रविधिमा आधारित भएकाले कारोबार अझ सुरक्षित हुने बैंकले विश्वास लिएको छ ।

उक्त नयाँ सेवाबाट व्यवसायीहरुलाई आफ्नो व्यवसाय बढाउन मद्दत पुग्नेछ भने ग्राहकहरुले कुनै पनि बैंकको डेबिट÷क्रेडिट कार्डबाट सहज एवं सरल रूपमा कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले हाल प्रदान गर्दै आएको आस्वा सेवालाई प्रभावकारी बनाउदैं ग्राहकहरुलाई थप सुविधा दिनका लागि छिट्टै अनलाइनबाट सेयर भर्ने व्यवस्था गरिने ढकालले बताए ।

नयाँ ८ शाखा खोल्ने

८ नयाँ शाखा तथा ५ वटा थप एक्सटेन्सन काउन्टर संचालनमा ल्याउने योजना रहेको छ । बैंकले रुपन्देहीको कटैया, काठमाडौको ज्ञानेश्वर, कंचनपुरको महेन्द्रनगर र झापाको दमकमा शाखा खोल्ने प्रक्रिया शुरू गरिसकेको छ भने बाँकी शाखा तथा एक्सटेन्सन काउन्टरहरु प्रक्रियामा रहेको ढकालले बताए ।


पुष्प दुलाल